राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै फरक-फरक स्वादका गीतहरु बजारमा आईरहेका छन् । सोहो क्रममा झझल्को डिजिटल प्रालि ले पनि बिष्णु परियार राजन बख्रेलको तीज गीत “राष्ट्रपति” बजारमा ल्याएको छ । देशमा भएको बिकृति र विसंगतिलाई छेड हान्दै तयार पारिएको यस गीतमा कयौं झुटो आस्वासनमा अब जनता नअल्झिने भावलाई प्रट्याईएको छ ।

गीतमा बिष्णु परियार र राजन बख्रेलको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द मोडल, निर्देशक एवं सर्जक दिलिप रेग्मीले भरेका छन् । “राष्ट्रपति” बोलको यो तीज गीतकोम्युजिक भिडियोलाई निर्देशन दिलिप रेग्मीले नै गरेका छन् भने छायांकन मरुभुमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा एलिना रायमाझी, दिलिप रेग्मी र यादब देवकोटा “सरापे” ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया