आर पोखरेल, काठमान्डाँै ।
सलिना म्युजिक प्रालीको प्रस्तुतीमा मिलन सापकोटा रविना गुरुङ्ग , नेत्र खड्का र दिलु मगरको आवाजमा सामाजिक परिवेशलाई आधार गरेर निमार्ण गरिएको मौलिक तिज गीत ”गोठालो“गीतको भिडियो सार्वजनिक भएको छ ।
ठटयौली पारामा निमार्ण गरिएको गीतमा बास्तविक अवस्थाको चित्रण गरिएको छ । हजारौ नेपाली युवा युवतीहरुको पिडालाई गीतमा समावेश गरिएको छ ।
मिलन सापकोटाको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । हरिष महराको छायाँकन , सुजन शाहीको सम्पादन तथा राजु अर्यालको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सागर न्यौँपाने , दधिराम न्यौपाने , सुष्मा गिरी मिलन सापकोटा , रविना गुरुङ, नेत्र खड्का र दिलु मगरको अभिनय रहेको छ ।

”गोठालो“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया