काठमान्डौँ ।
थाईल्याण्डको पतयामा सम्पन्न पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड २०७६ कार्यक्रममा चर्चित भिडियो निर्देशक बविता श्रेष्ठ एक हजारको नोट बाट सर्वोकृष्ट भिडियो निर्देशक बन्न सफल भएकी छन ।

उनले लोकदोहोरी गीत एक हजारको नोट बाट बेष्ट भिडियो निर्देशकको अवार्ड हात पारेकी हुन । नेपाली गीत संगीतको लागी सर्वोकृष्ट भिडियो निर्देशन गदैँ आएकी उनी निरन्तर लोकदाहोरी एवम आधुनिक गीतको भिडियो निर्देशन गदैँ आएकी छन । उनी भन्छिन कला र संस्कृतिको लागी निरन्तर रुपमा आफनो कार्यको सकारात्मक मुल्याङ्गकन गर्ने आम दर्शक तथा शुभ चिन्तकको माया र ममताको कारण नै आजको स्थान सम्म आइपुगेको बताइन ।

लोक गीत संगीतको क्षेत्रमा यस्ता प्रकारको अवार्ड एवम सम्मानले सम्पुर्ण कलाकर्मीलाई हौसला र प्रेरणा मिल्ने उनले बताइन ।

तपाईको प्रतिक्रिया