राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै अहिले बजारमा धेरै गीतहरु आइरहेका छन् । यसै भिडमा सदाबहार गीतहरु भने थोरै मात्रामा आइरहेका छन्  । तीज गीतहरुको भिडमा अन्य गीतहरुले आफ्नो सांगीतिक प्रस्तुतिलाई केहि पछाडी पार्छ कि भन्ने लागेर पनि हुन सक्दछ । तर गायक तथा मोडल शम्भु बराइलीले भने यी सबै कुरालाई ब्यवास्ता गर्दै आफ्नो प्रस्तुति “म त मान्छे यस्तै छु काली” बोलको गीत भर्खरै बजारमा ल्याएका छन् ।

यो प्रस्तुति शम्भु को मात्र नभै ललिता भुजेलको पनि हो । शम्भु बराइली र ललिता भुजेलको संयुक्त प्रस्तुतिमा बजारमा आएको यस गीतमा शम्भु बराइली र ललिता भुजेलको नै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय शम्भु बरालिले तयार परेका हुन् भने शब्द शम्भु बराइली र ललिता भुजेलको रहेको छ ।

फ्लोरिना म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोमा रोहित, डम्मर, हरिचन्द्र, ऋतु, सुनिता र अस्मिताको रहेको छ “म त मान्छे यस्तै छु काली” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन दिप सागरले गरेका हुन् भने छायांकन अशोक कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया