तपाईंले थाहा नपाएको यस्तो अचम्मको बाजा पनि छ जुन केटी फकाउन प्रयोग गरिन्छ । यस्तो बाजा अरु कुनै देशको नभएर हाम्रै देशको मौलिक बाजा, जुन तपाईंले काठमाडौंको त्रिपुरेश्वरमा रहेको लोकबाजा संग्राहालयमा देख्न पाउनुहुनेछ ।

केटी फकाउने लोकबाजाको नाम हो मुर्चुङ्गा । लोकबाजा संग्राहालयका संरक्षक रामप्रसाद कँडेलले यो बाजा विश्वकर्माहरुको प्राचिन बाजा रहेको बताए । उनले भने–‘जुनबेला हाम्रो पुर्खाले फलामको फाली बनाए, करुवा बनाए । औजारहरु बनाए । यो समय यो बाजा पनि बनेको हो ।’ यो बाजा ठाडो पारेर राख्दा त्रिशुल जस्तो देखिन्छ । अर्काे हिसाबले राख्ने हो भने शिवलिङ्ग जस्तो देखिन्छ ।

नेपालको पहिलो र एक मात्र लोकबाजा सङ्ग्रहालय ‘राष्ट्रिय लोक बाजा सङ्ग्रालय’ जुन अहिले त्रिपुरेस्वरमा छ । त्यसका संरक्षक हुन् रामप्रसाद कँडेल । उनकै एकल पहलबाट स्थापित भएको हो सङ्ग्रालय । एक दुई गरेर उनले अहिले सङ्ग्रालयमा ६ सय ५५ प्रकारका बाजा सङ्कलन गरिसकेका छन् ।

ती बाजाहरुको ऐतिहासिक, धार्मिक, जातीय लगायत सबैको आआफ्नै महत्त्व छन् । सङ्ग्रहालयमा राखिएका बाजामध्ये कतिपय बाजा युद्धमा प्रयोग भएका, प्रयोग हुने छन् त कति धार्मिक पूजापाठको महत्त्व बोकेका छन् । सङ्ग्रालयमा रहेका केही बाजा यस्ता पनि जुन बाजा केटाले केटी फकाउन वा युवायुवतीले मायाप्रेम गास्न समेत प्रयोगमा आएका छन् ।

तपाईको प्रतिक्रिया