काठमाडौ । हरेक शनिबार राति ८ः३० बजे एनटिभी प्लसमा प्रसारण हुदै आइरहेको हाँस्य सिरियल ‘कुरा मात्र भो’ १४ भाग प्रसारण भएको छ । छोटो समयमा नै दर्शकको मन जितेको यस सिरियललाई दर्शकमाझ लोकप्रिय बन्न थाले पछि यस सियिरयलका निर्देशक अर्जुन गौतम अहिले दंग परेका छन् । उनी भन्छन् ‘दर्शकले मन पराइदिएका कारण सिरियल दर्शकमाझ लोकप्रिय बन्न पुगेको हो ।

पछिल्लो समय दर्शकले यस सिरियलाई मन पराइदिएका छन् । अहिले समसामयिक घटनालाई हाँस्य खुराक मार्फत दर्शक हँसाइरहको छ ।

आगामी भाग अर्थात १५ भागमा गाईजात्रालाइृ विशेष प्राथमिकतामा राखिएको निर्देशक गौतमले बताएका छन् । सिरियल अहिले शनिबार राति ८ः३० बजे एनटिभी प्लसमा प्रसारण हुँदै आइरहेको छ । उक्त सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । पिके इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियललाई दर्शकको रोजाइमा पर्न थालेको छ । सिरियलमा वर्तमान समय सापेक्षित विषयलाई हाँस्य खुराकको रुपमा पस्काइएको छ ।

निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी र राजनीति बिषयबस्तुलाई मुख्य आधार बनाइएको छ । उक्त सिरियलमा उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाई,रोशनी सापकोटा , धर्मराज भट्टराई (स्याल बुढो), भोला अधिकारी, दिनेश तामाङ, मनोज श्रेष्ठ ,विरुप घले , सुमित्रा रिमाल, रामचन्द्र थापा लगायतको अभिनय रहेको छ ।

 

https://www.youtube.com/watch?v=r8ou8DxPL0A

सिरियलमा साहित्यकार सनत आचार्यको कथा एवं पटकथा रहेको छ । रामचन्द्र थापाको प्रस्तुति रहेको यस सिरियललाई कमल श्रेष्ठले निर्माण गरेका हुन् । उत्त सिरियलमा समिर राइको छायाँकन, नविन पन्तको सम्पादन रहेको छ । राम प्रसाद महर्जन कार्यकारी निर्माता रहेको यो सिरियल पिके इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट पनि समेत हेर्न पाइने छ ।

तपाईको प्रतिक्रिया