Flash
चर्चित गायक साहिल खड्काको शब्द संगीत तथा स्वर रहेको गीत ‘सरिम लाउने’ सार्वजनिक भएको छ।
हास्य श्रृङ्खला भद्रगोलमा पछिल्लो समयमा चर्चित भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात दीपक आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रियनाको साथमा साहिल खड्काको अभिनय रहेको छ। भिडियोमा प्रियना दोहोरो भूमिकामा प्रस्तुत भएकी छन।
असफल प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियो साहिल खड्काको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन र सागर मगरको कोरियोग्राफी रहेको छ।https://www.youtube.com/watch?v=1B5HnTI9XBE
Published date : २०७६-श्रावण-२७ १२:४७