काठमाण्डौ — सोलुखुम्बु खुम्बु पासाङ ल्हमु गाउपालिका १ खरिखोला का श्रर्जक सुरेश खप्तरी मगरको २ वटा गित चाडै बजारमा आउने भएको छ । खुम्बु पासाङ ल्हमु गाउपालिका हाम्रो गौरब हाम्रो शान बोलको गित र खुम्बियुलाको फेदमुनि हामी बालबालिका बोलको बाल गित बजारमा आउन लागेको हो ।

श्रर्जक मगरले प्राकृतिक सौन्र्दयको धनि सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउपालिका त्यसैभित्र पर्ने बिश्वको सर्बोच्च शिखर सगरमाथाले लोभ्याएको ठांउ त्यही प्राकृतिक सौन्दर्य लाई शब्दमा ( खुम्बु पासाङ ल्हमु हाम्रो गौरब हाम्रो शान ) भब्य तरिकाले उर्तानु भएको छ । उहाँले पर्यटन बर्ष २०२० लाई बिशेष मध्यनजर गर्दै साथै खुम्बपासाङल्हमु गाउपालिका लाई पर्यटकीय स्थानिय तह घोषणा गरेसंगै अझै गाउपालिकालाई चिनाउनकै लागि यो गितको रचना गरेको बताउनुभयो ।
उक्त गितमा यस गाउपालिका भित्र पर्ने हरेक कुराहरुलाई जोडिएको छ ।
आउदो भाद्र १३ गते देखि खुम्बपासाङल्हम गाउपालिका १ खरीखोला देखि गोक्यु सम्म भिडियोको लागि छायाङ्कन हुन लागेको पनि श्रर्जक मगरले गुडमर्निङ मिडियालाई जानकारी दिनुभयो ।
मगरको शब्द,शंकर थापा को कम्पोज तथा बिश्व अधिकारी को सँगित संयोजनमा चर्चित गायिका मेलिना राई र नेपाल आईडलका टप ४ का चिर्चित गायक सागर आले मगरले लोभ लाग्दो आवाज भरेका छन् ।
साथै सुरेश खप्तरी मगर कै अर्को बाल गित खुम्बयुलाको फेदमुनि बोलको संदेशमुलक गित पनि संगै आउने भएको छ । चर्चित बाल गायिका बिम्बु मगर र अंकित पुन मगरले आवाज भरेका यो गितलाई पनि माथिको गित स‘ँगै ल्याउने श्रर्जक मगरले जानकारी दिनभयो ।
शिक्षा क्षेत्रलाई बिशेष महत्व दिएर रचना गरिएको यस गितले राम्रो संदेश दिन खोजिएको छ ।
मगरकै शब्द ,शंकर थापा को कम्पोज तथा बिश्व अधिकारी को सँगित संयोजनमा रहेको यो गितको पनि नाम्चे र खुम्जुङमा छायाङ्कन हुनेछ ।

तपाईको प्रतिक्रिया