काठमाडौं । अहिले ‘ठुलो माछा’ फिल्मको छायाँङकन् तिब्र रुपमा भइरहेको छ । देशका विभिन्न भागमा सुटिङ भइरहको छ । हाँस्यकलाकारहरुले नै यसमा अभिनय गरिरहेका छन् ।

नेपाली कलाकारमा नक्कली प्रचण्डको नामले चिनिएका कलाकार प्रदीप पाठक नक्कली ( प्रचण्ड) फिल्म सुटिङ गर्न अमेरिका जाने भएका छन् । उनी आफैले निर्देशन गरिरहेको हाँस्य प्रदान भनिएको फिल्म ‘ठूलो माछा’को छायाङ्कनका लागि अमेरिका जान लागेका हुन् । फिल्मको केहि दृश्य नेपालमा छायाँङ्कन गरिने छ भने बाँकी अमेरिकामा नै अमेरिकामा छायाङ्कन हुने पाठकले बताए ।

अहिले नेपालमा नै छायाँङ्कन गरेरकेहि समय पछि अमेरिका उड्ने तयारी भइरहेको निर्देशक पाठकले बताए । दसै सकिए लगत्तै अमेरिकामा छायांकन सुरु हुने पाठकले जानकारी गराएका छन् । अमेरिका निर्देशक आफै मात्र जान लागेको र त्यहिका क्यामेरा र नेपाली कलाकार लाई आफ्नो फिल्ममा समाबेश गरिने उनको भनाई छ ।

२ महिनामा अमेरिकामा छायाङ्क भईसकेपछि एक महिना भारतमा फिल्म छायाङकन हुनेछ निर्देशक पाठकले भने । अहिले नेपालको छाँयाङ्नमा नै व्यस्त रहेको र केहि समय पछि पत्रकार सम्मेलन गरेर फिल्मका बारेमा जानकारी गराउने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया