अमेरिकामा निकै मेहेनतका साथ छायांकन गरिएको “हिजो आज यो मन” बोलको गीतको म्युजिक भिडियो अन्ततः बजारमा सार्वजनिक गरिएको छ । कृष्ण राईको निर्माण,निर्देशन र सम्पादनमा तयार भएको भिडियो निकै आकर्षक बनेको छ ।

यस गीतमा शब्द र संगीत पनि कृष्ण राईको नै रहेको छ । गायक तारा प्रकाश लिम्बुले यस गीतमा एकल आवाज भरेका छन् । अहिलेको पिडिलाई मध्य नजर गर्दै यो गीत तयार गरिएको छ । गीतको भिडियोमा कृष्ण राई, अन्जु सुब्बा, आशिष श्रेष्ठको अभिनय रहेको छ । अमेरिकाको क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा यस गीतको म्युजिक भिडियोको छायांकन गरिएको हो ।

भिडियोलाई कृष्ण राईले आफ्नै युटुब च्यानल ‘द आर.जी.टि’ फिल्म्स (The RGT Films) बाट सार्वजनिक गरेका छन् । भिडियोले अहिले राम्रो प्रतिक्रिया समेत पाईरहेको छ । आफ्नो कामले सहि मुल्यांकन पाईरहेको र दर्शकहरुको प्रतिक्रियाले आफु निकै हर्षित हुनुको साथै नया कामको लागि हौसला समेत बढेको उनको भनाई रहेको छ ।

अमेरिकामा बसेर पनि नेपाली गीत संगीतको लागि तल्लिन भएर यसरी अगाडी बढ्नु पक्कै पनि नेपाली गीत संगीतको प्रगतिको लागि नै राम्रो हुने सम्भावना देखिन्छ । एक सम्भावनाको बाटो उनले कोरिरहेको देखिन्छ । आगामी दिन पनि दर्शक श्रोताहरुको माया र साथको अपेक्षा आफुले राखेको कृष्ण राईको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया