काठमाडौं– नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसर पारेर प्राइम टाइम्स टेलिभिजन को आयोजना तथा प्रियसी म्युजिक प्राली को ब्यावस्थापनमा यस बर्ष प्राइम टाइम्स तिज महोत्सव २०७६ हुने भएको छ ।

हाल सम्म बजारमा आएका गीत संगीतको सहभागिता रहने ‘प्राइम टाइम्स तिज महोत्सव २०७६’ को उत्कृष्ट ५ नोमिनिज सुचि सार्वजनिक भएको छ । आयोजक ले ११ विधाको नोमिनिज सूचि सार्वजनिक गरेको हो ।

तिज गीत संगीतका श्रष्टा तथा सर्जकलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा र सर्जकले उत्साहित हुने मौका पाउन् भन्ने उद्धेश्यका साथ महोत्सव आयोजना पहिलो पटक गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा अन्तरक्रिया कार्यक्रम , अवार्ड वितरण , दर खाने कार्यक्रम , अग्रजलाई सम्मान कार्यक्रम एवम विभिन्न साँगितिक प्रस्तुती एवम विभिन्न आकर्षणहरु रहने आयोजकले बताएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण प्राइम टेलिभिजनले गर्ने भएको छ ।
उत्कृष्ट ५ मनोनयन सूचि निम्नानुसार रहेको छ ।

सर्वोकृष्ट तीज गीत

१)सिन्धु मल्ल – चिटिक्कै भा छु रे
२)हरि विष्ट – माइतीको देश भाग २
३)जानकी तारणी मगर – छपैया माया लै लै
(४)उमा श्रेष्ठ – मेरो राजै
५) शान्ती श्री परियार . फुलमति चनमति

सर्वोकृष्ट गायिका
१ टीका पुन – माइतिको देश भाग २
२ धनकुमारी थापा सरु -जाम नाच्न जाम
३ पुर्णकला बि सि – चेलिको पीडा
४ काब्या आचार्य -दिलमा सजाउछु
५ सन्जु न्यौपाने – दर खान

सर्वोकृष्ट गायक
१ खुमन अधिकारी – चलि आएको
२ दुर्गेश थापा -नाच्नु पर्छ विच विचमा
३ रविन लामिछाने -के छ ओई पान पाते ठुली
४ तेजश रेग्मी – जादु मन्तर
५ अमृत भारती – नाच माया

सर्वोकृष्ट शब्द
१ शिव हमाल – पातली
२ सन्तोष केसी -सौता
३ शिव अखेली – चरित्र हिन
४ अर्जुन पन्त -दिदि भाई
५ रुरु सागर सेन्चुरी – पुतली नाच छम छम

सर्वोकृष्ट लय
१ सन्तोष श्रेष्ठ – दिलमा सजाउछु
२ रेखा पौडेल – बरिलै
३ सुरेश रमण अधिकारी – श्रीमती हुँ नोकर्नी हैन
४ ऋषी खड्का -छोरीको बेदना
५ राजेन्द्र बजगाईँ – रातो सारी फरर

सर्वोकृष्ट मोडल पुरुष

१ आशिर प्रताप जंग -चरित्र हिन
२ विमल अधिकारी – खुटटा चिलायो
३ ओ वी रायमाझी -राम्री विछटै
४ लोमश शर्मा -घरवार गर्ने सोच
५ धन के पी -फुर्के डोरी

सर्वोकृष्ट मोडल महिला
१ श्रृष्टी खड्का – . दिलमा सजाउ छु
२ रिना थापा मगर – अल्भियो फरिया
३ करिष्मा ढकाल -जालै रुमालैमा
४ नितु कोइराला -नाचौँ मितिनी
५ अस्मिता पुरी – तिन तल्ले घर

सर्वोकृष्ट नृत्य निर्देशक

१ स्मृती तिमल्सिना गुरुआमा – दिलमा सजाउछु
२ विक्रम चौहान -नाइटो छेडी नथि लाउछु
३ लिगेश भटटराई -नाचौँ माया
४ श्रृजन बराल -जाली रुमालै
५ भुपेन्द्र बहादुर रिखाम मगर – नाच्छु म त

सर्वोकृष्ट छायाँकार
१ राजेश घिमिरे – पातली
२ करण चैसिर -माइतीको देश भाग २
३ अजय रेग्मी -हामी पनी नाच्ने हो विच विचमा
४ बासु बराल – चिटिक्कै परेसी
५ प्रकाश खड्का -तिजको रमझम

सर्वोकृष्ट सम्पादक

१ दिपक विष्ट विर्सि – जाने माया
२ मिलन विश्वकर्मा – नाइटो छेडी नथी लाउछु
३ विकाश ज्ञवाली – हामी पनी नाच्ने हो विच विचमा
४ राजेश कुमार – माइतीमा जाउँ कसरी जाउँ
५ प्रकाश धमला -सितारा टिलिक्क

सर्वोकृष्ट एरेन्जर

१ साहष शाक्य -हामी पनी नाच्न हो विच विचमा
२ केशव बडु – चिटिक्कै भा छु रे
३ विश्वास नेपाल – चटट कलम
४ झलक संगितम – माइतीको देश भाग २
५ कृष्ण केसी -सहि नाच्यो

तपाईको प्रतिक्रिया