नायक कार्तिक आर्यन र नायिका साराअली खानविचको मित्रता अब प्रेममा बदलिएको छ । सारा र कार्तिक एक अर्कासँग लामो समय टाढा बस्न छाडिसकेका छन् । केही दिन अगाडि मात्र कार्तिकलाई लिन सारा विमानस्थल नै पुगेकी थिइन् । यी र यस्तै कुराले पनि सारा र कार्तिक प्रेममा गम्भिर रहेको चर्चा हुन थालेको छ ।

यसैविच, कार्तिक र आर्यनको प्रेममा उनीहरुको परिवारले पनि साथ दिएको खबर सार्वजनिक भएको छ । केही दिन अगाडि मात्र कार्तिकका पितालाई भेट्न सारा मुम्बइको एक अस्पतालमा पुगेकी थिइन् ।

सारालाई कार्तिकको परिवारले समेत स्विकार गरेको भारतीय मिडियामा उल्लेख छ । साराकी आमा अमृता सिंहले समेत कार्तिकलाई मन पराएकी छिन् । कार्तिक साराका पहिलो प्रेमी हुन्, जसलाई अमृताले मन पराएकी छिन् ।

साराले एक च्याट शोमा आफ्नो क्रस कार्तिक भएको बताएसँगै यी दुइको मित्रता अगाडि बढेको थियो । तर, चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेपछि उनीहरु गहिरो प्रेममा छन् । सारा र कार्तिकको प्रेममा साराका पिता सैफअली खान भने टाढा नै छन् । उनले, आजसम्म यी दुइको प्रेममा कुनै प्रतिक्रिया दिएका छैनन् ।

तपाईको प्रतिक्रिया