काठमान्डौ भाद्र ११ –  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीता-२०७६ सम्पन्न भएको छ । प्रतियोगीता सोही समितीका अध्यक्ष अञ्चल शाहीको अध्यक्षता र केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको थियो भने सोही संस्थाका केन्द्रिय महासचिव सुवास केसी, केन्द्रिय सदस्यहरु शिब हमाल, राजु ढकाल, देबी घर्ती, कृष्ण आाशु, उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा, बरिष्ठ उपाध्यक्ष सुजन लम्साल, प्रथम उपाध्यक्ष राजकुमार रायमाझी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी रमेश बिजीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । प्रतियोगीतामा ८ वटा समितीले भाग लिएका थिए । यस प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती अन्तर्गतको ललितपुर समिती प्रथम, कमलादी समिती द्धितिय, ठमेल समिती तृतिय, अनामनगर समिती र लालिम्पाट समिती सान्त्वना भएका छन् । यस मौलिक तीज गीत प्रतियोगीतामा गाईएको गीत श्रीकृष्ण क्षेत्रीको शब्द, संगीत रहेको थियो ।

यस भन्दा अघी २ पटक प्रतियोेगीतामा बिजयी हुने गीत पनि उनकै शब्द संगीत रहेको थियो । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । तीज गीत प्रतियोगीतामा प्रथम पुरुस्कार रु.३३,४००, द्धितिय पुरुस्कार रु. २२,३००, तृतिय पुरुस्कार रु ११,२००, सान्त्वना पुरुस्कार रु. ६५,०० रकम र प्रमाण पत्र रहेको थियो । उक्त कार्यक्रममा कलाकार, समाजसेबी, सहयोगीदाता र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया