रोशन पोखरेल , काठमान्डाँै ।
प्राइम टेलिभिजन , प्रियसी म्युजिक प्राली र चलचित्र कलाकारिता संघको संयुक्त आयोजनामा प्राइम तिज महोत्सव काठमान्डौँमा सम्पन्न भएको छ ।

यस वर्ष वजारमा आएका तिजका गीतहरुको मध्येबाट सर्वोकृष्ट गीत हरुलाई अवार्ड प्रद्धान गरिएको थियो । अवार्ड समारोह चर्चित अभिनेत्री रेखा थापाको प्र्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।अवार्ड समारोहको जुरी मेम्वरमा चर्चित भिडियो निर्देशक बविता श्रेष्ठ , रेजिना उप्रेती लगायत नेपालका विभिन्न ख्याति प्र्राप्त कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
विभिन्न ११ वटा प्रत्यक्ष विधा तथा तिन वटा अप्रत्यक्ष गरि जम्मा १५ जनाले अवार्ड हात पार्न सफल भएका छन् । आयोजकका तर्फबाट स्वागत मन्त्व्य राख्दै प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋर्षी धमलाले हिन्दु नारीहरुको महत्व र नारी प्रतिको सोचमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

तिज म्यूजिक अवार्डको शुरुवातले तिज गीतमा देखिएको विकृतीलाई केही हद सम्म भए पनि कम गर्ने विस्वास अध्यक्ष धमलाले विश्वास ब्यक्त गरे ।
यो वर्षको उत्कृष्ट तीज दोहोरी गायिकाको अवार्ड धनकुमारी थापा सरु को पोल्टामा परेको छ । गायक तर्फ भने दुर्गेश थापा उत्कृष्ट गायक दरिए ।

सर्र्वोकृष्ट गीत सिन्धु मल्ल चिटिक्कै भएको छु भएको छ । सर्वोकृष्ट शब्द शिव अखिल , सर्वोकृष्ट लय सन्तोष श्रेष्ठ , छायाँकार बासु बराल , नृत्य निर्देशक विक्रम चौहान , सर्वोकृष्ट सम्पादन राजेश कुमार , सर्वोकृष्ट मोडल पुरुष आशिव प्रताप जंग , सर्वोकृष्ट महिला मोडल करिष्मा ढकाल , सर्वोकृष्ट एरेन्जर केशव बडु , पब्लीक च्वाइस अवार्ड नितु कोइराला , जुरी अवार्ड काब्या आचार्य , इन्करेज मेन्ट अवार्ड अर्जुन पन्तले हाँसिल गरे ।

तपाईको प्रतिक्रिया