काठमाडौं । हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराको साथ छायाँछवि तीज म्यूजिक अवार्ड यही भाद्र १२ गते हुने भएको छ । उक्त छायाँछवि तीज म्यूजिक अवार्डमा नारी पत्रकारिता पुरस्कार रंग पत्रकार शारदा थापालाई प्रदान गरिने भएको आयोजक सस्थाले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । एक दशक भन्दा बढी समय रङ्ग पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी थापालाई आज हुन गइरहेको छायाँछवि तीज म्युजिक अवार्डका अवसरमा छायाँछवि नारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो । छायाँछवि तिज म्युजिक अवार्डमा ३२ विधामा अवार्ड प्रदान हुने पनि आयोजक सस्थाले जनाएको छ । कार्यक्रम सेलिब्रेसन ब्यान्क्वेट नक्सालमा हुने पनि बिज्ञप्तिमा जनाईएको छ ।

तपाईको प्रतिक्रिया