नायक पल शाहले नायिका आँचल शर्मालाई आफूसँग जोडेर गाली नगर्न शुभचिन्तकलाई आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्–‘आज स्पष्ट पार्न चाहन्छु, आँचल र म सधै राम्रो साथी थियौं र रहनेछौं । सफै अफवाह थियो ।

केह दिनदेखि सामाजिक संजालहरुमा आँचलजीलाई गाली गलौज गरेको देखिरहेको छु । यसैले उहाँको नयाँ जीवन र हाम्रो मित्रतालाई गलत वुझेर उहाँलाई गाली नगरिदिनुहोला ।’ उनले आँचलको नयाँ जीवनको खबरलाई आफूसँग जोडेर गाली नगर्न शुभचिन्तकलाई आग्रह गरेका छन् । उनले, ‘आँप’ जोडी सधै नै रहने पनि स्पष्ट पारेका छन् ।

उनले, आफू पूर्ण रुपमा करिअरमा फोकस भएको समेत स्पष्ट पारेका छन् । चलचित्र ‘नाई नभन्नु ल ४’मा काम गरेपछि पल र आँचलविच प्रेम रहेको चर्चा चलेको थियो । तर, पछिल्लो केही समयदेखि आँचल उदिप श्रेष्ठको प्रेममा छिन् ।

यसैले, उदिपसँग नाम जोडिएसँगै आँचललाई पलका फ्यानले सामाजिक संजालमा गाली गरिरहेका छन् । पलले भने आफ्ना फ्यानलाई आँचललाई गाली नगर्न आग्रह गरेका हुन् ।

तपाईको प्रतिक्रिया