काठमाडौं । ‘नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको दोस्रो नाट्यश्वर म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला भएको छ ।
नाट्यश्वर कला केन्द्र तथा ईभेन्ट म्यानेजमेन्ट प्रा.लि द्वारा आयोजित अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आषाढ मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ । अवार्डमा तामाङ्ग सेलो, म्याहेंदोमाया, लोक दोहोरी, पप र आधुनिक गरी कुल ३२ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।
यस अघि २०७५ सालमा पहिलो नाट्यश्वर म्यूजिक अवार्ड गणतन्त्र नेपालको प्रथम रास्ट्रपती महामहिम सम्माननिय डा.रामबरण यादबको प्रमुख आथित्यमा काभ्रेको बनेपामा भव्य रुपमा सम्पन्न भएको थियो । दोस्रो म्युजिक अवार्डको फाइनल मिति केहि दिनमा नै तय हुने आयोजक समितिको बिज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया