काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री रविना टण्डन हजुरआमा बन्दैछिन् । रविनाले हालै आफ्नी छोरी छायाको लागि बेबीशावर पार्टी आयोजना गरिन् । उनकी छोरी छाया आमा बन्न लागेकी हुन् । छाया रविनाकी धर्मपुत्री हुन् । रविनाले सन् १९९५ मा छायाको अभिभावकत्व ग्रहण गरेकी थिइन् । हजुरआमा बन्न लागेकी रविना निकै खुसी र उत्साहित छिन् ।

बेबीशावर पार्टीमा आएकी एक पाहुना पूजा मखीजाले सामाजिक संजालमा पार्टीका केही तस्वीर शेयर गरेकी छिन् । पूजाले बेबीशावरको फोटो शेयर गर्ने क्रममा क्याप्सनमा रविनाको तारिफ गर्दै लेखेकी छिन् ‘हजुरआमा बन्न लागेकोमा चियर्स । रविना तिमीले यो साँचो लगावका साथ गर्यौ । पूरै पूर्णता र ध्यानपूर्वक आफ्नी धर्मपुत्रीको बेबीशावर मनाइरहेको देख्न पाउनु मन छुने वाला छ ।

बेबीशावरमा रविनाकी आफैंले जन्माएकी छोरी राशा थडानी पनि निकै खुसी देखिइन् । पार्टीमा छाया मरुन रंगको ड्रेसमा देखिएकी थिइन् । रविना भने प्रिन्टेड टप र टाउजरमा निकै सुन्दर देखिएकी छिन् । रविनाले सन् १९९५ मा दुई छोरीहरु पूजा र छायाको अभिभावकत्व लिएकी थिइन् । त्यतिबेला पूजाको उमेर ११ वर्ष र छायाको उमेर ८ वर्ष थियो । रविनाले २२ फेब्रुअरी २००४ मा फिल्म वितरक अनिल थडानीसँग बिहे गरिन् । यी दुईका १४ वर्षकी छोरी राशा र ११ वर्षका छोरा छन् ।

तपाईको प्रतिक्रिया