बलिउडमा मित्रता र दुश्मनी दुबै चर्चामा आउँने बिषय हो । त्यसमाथि पनि प्रेमको बिषय भयो भने त त्यसले आजिवन चर्चाको माध्यम पाउँने गर्छ । यस्तै चर्चाको बिषय बनिरहेका छन् यतिबेला अभिषेक बच्चन र विवेक ओवराय । अभिषेक र विवेकसंग जोडिने एउटै नाम हो एश्वर्या राय । सलमान खानसंग ब्रेकअप भएसंगै विवेकको प्रेममा परेकी एश्वर्याले पछि विवेकले पनि सलमानसंगको झगडालाई मिडियामा ल्याएपछि उनीहरुको पनि ब्रेकअप भएको थियो ।

यतिबेला एश्वर्याको नत सलमानसंग बोलचाल छ नत विवेकसंग । तर हालै एक कार्यक्रममा अभिषेक र विवेकबीचको आत्मियताले भने बलिउडमा तातो गसिप बनाईरहेको छ । आईतबार भएको एक कार्यक्रममा अभिषेक आफनो बुवासंग पुगेका थिए भने विवेक पनि बुवा र श्रीमतीसंग पुगेका थिए । जहाँ अभिषेक र विवेकको जम्काभेट भयो । तब उनीहरुले एक अर्कालाई इग्नोर गरेनन् बरु अंकमाल गर्दै कुराकानी पनि गरे ।

अभिषेकले विवेकको बुवालाई अंकमाल गरेपछि विवेकलाई पनि खुसीसाथ अंकमाल गरेका थिए । एश्वर्याको पूर्व प्रेमी र श्रीमानले अंकमाल गरेपछि मिडियामा यसको चर्चा नहुने त कुरै भएन । स्मरण रहोस चुनावको समय सलमान , विवेक र एश्वर्यालाई लिएर एउटा मिम्स बनेको थियो जसलाई विवेकले सामाजिक सञ्जालमा सेयर गर्दा खुबै हंगामा मच्चिएको थियो । जसमा बच्चन परिवारले भने कुनै प्रतिक्रिया जनाएको थिएन ।

तपाईको प्रतिक्रिया