चर्चित कलाकार विल्सन विक्रम राईले तक्मे बुढाको पात्रबाट सबैको मन जिते । उनको त्यही पात्रले विल्सनलाई देश तथा बिदेशमा चिनायो नसोचेको माया दर्शकहरुबाट पाए । उनको नेपाली सिनेमा क्षेत्रमा पनि राम्रो पहुँच बनाईसकेका छन् । कलाकार मात्र होईन उनी निर्माता पनि बनिसकेका छन् ।

लाखौँ दर्शकहरुको मनमा बसेका विल्सनले दर्शकहरुको मन भने केही खिन्न बनाएका छन् । कारण उनले आफनो बिवाहको कुरा लुकाए । केही दिन अघि मात्र विल्सनले बिवाह गरेको खुल्न आएको थियो । धेरैले सोचे केही समय अगाडी बिवाह गरेका होलान् तर उनले बिवाह गरेको नै ८ महिना भईसकेको रहेछ । ८/८ महिनासम्म उनले बिवाह गरेको कुरा किन लुकाए त ? विल्सनका अनुसार उनको दुलही पक्षको चाहना अनुसार बिवाह लुकाउँनु परेको हो । विल्सनले मागी बिवाह गरेका हुन तर स्कुलदेखि मन पराएको युवतीसंग ।

विल्सनले झापाकी सरिना लामासंग मागी बिवाह गरेका हुन् । विल्सन र सरिना दुबैले एक अर्कालाई मन पराउँथे तर भन्न सकेका थिएनन् । तर परिवारले नै सरिनाको हात माग्न गएपछि उनीहरुबीच पराम्परागत शैलीमा बिवाह भएको हो । सरिना पहिले युएनमा काम गर्थिन । हाल भने उनीहरु हनिमुनका लागि अष्टे«लिया पुगेका छन् ।

तपाईको प्रतिक्रिया