काठमान्डौ भाद्र २५ –  मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न भएको छ । सो कार्यक्रममा सभापतिको रुपमा वल्ड वाईड न्युज नेपालका अध्यक्ष तथा सञ्चालक प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चचित लोक गायक भगवान भण्डारी बिशिष्ट अतिथीको रुपमा रहेका थिए ।

कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सञ्चारकर्मी राजकुमार रायमाझीले सञ्चालन गरेका थिए भने गायक भरत परियार बिशेष सहयोगीका रुपमा रहेका थिए । चर्चित लोक गायक भगवान भण्डारीले मृगौला पिडीत बिन्दु बिकको लागी उपचारार्थ खर्चका लागी रु ५ हजार आर्थिक सहयोग गरेका थिए भने आर्थिक सहयोग संकलन बापत उठेको केही रकम पनि हस्तान्तरण गरिएको थियो । युरोप रहेका चर्चित लोक गायक जेबि ओलिले बिन्दु बिकलाई ७,१५१ रुपैया सहयोग गर्ने बाचा गरेका छन् ।

कार्यक्रममा उपस्थित कलाकारहरुले पनि मृगौला पिडित बिन्दु बिकलाई आर्थिक सहयोग गरेका थिए भने बरिष्ठ लोक गायिका बिमा कुमारी दुराले दशै भन्दा अघि नै कार्यक्रममा पाएको एक दिनको पारिश्रमिक हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् । निज बिकलाई बचाउनका लागी देश तथा बिदेशबाट आर्थिक सहयोग गरिदिनका लागी भगवान भण्डारी र बिमा कुमारी दुराले अनुरोध गरेका छन् । बिन्दु बिकको हाल : सुमेरु हस्पिटलमा उपचार भैरहेको छ । बिन्दु बिकको आर्थिक अवस्था निकै कमजोर भएकोले निजको उपचारको क्रम अगाडी बढाउन सकिएको छैन ।

सो कार्यक्रमका अध्यक्ष प्रकाश बराईली “अभिब्यक्ती” भन्छन् “यस्तो जो कस्लाई पनि पर्न सक्छ । पछि मलाई अरुलाई पनि यस्तो रोग हुन सक्छ । मानव सेवा नै धर्म भन्ने मुल आशयले यस कार्यक्रमको आयोजना भएको हो । मैले आफ्नो तर्फबाट सक्दो कोसिस गर्ने छु । अरुलाई पनि सहयोगका लागी अपिल गर्ने छु भनेर बचनबद्धता गर्दछु । सबै मिडियाहरुले आफ्नो तर्फबाट न्युजहरु बनाएर सहयोग गरिदिनुहुनका लागी अनुरोध गर्दछु । ”

निज बिन्दु बिकको दुई वटा छोरा रहेका छन् र उनको श्रीमानले दोस्रो बिहे गरेर भारतमा बस्दै आईरहेका छन् । हाल : उनको श्रीमान् सम्पर्कबिहिन छन् । उनको बच्चा र उनलाई माईती पक्षले पालन पोषण गरेका छन् । सोही कार्यक्रममा मृगौला पिडित बिन्दु बिक रुदै मलाई अहिले सम्म कसैले सहयोग गरेनन् भन्दै देश तथा बिदेशमा रहनु हुने नेपालीहले आर्थिक सहयोग गरि दिन अनुरोध गरिन् । उनलाई अर्थिक सहयोग गर्नका लागी माछापुच्छ्रे बैंक चाबहील शाखा, काठमाडौं, नाम बिन्दु बिक, खाता नं. ५६- २३-५२४-६९७८३८-०१७ मा सिधै पैसा पठाउन सकिने छ । मृगौला पिडित बिन्दु बिकलाई ९८४७८७२६०८, उनको बुवा नियम बिकलाई ९८६६१११४७८ मा सम्पर्क गर्न पनि सकिने छ ।

तपाईको प्रतिक्रिया