राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । यस भित्र धेरै गीतहरु हर्षउमङ्गका छन् भने धेरै पिंडाले भरिएका छन् । यसै भिडमा निकै लामो समय सम्म प्रबाशमा रहेको र यस बर्ष भने दशैँ तिहार मान्न आफ्नै गाउँघर आउने प्रण व्यक्त गरिएको गीत पनि भर्खरै सार्बजनिक भएको छ । उक्त गीत माधब पराजुली र बिश्वास पराजुलीको नाममा “रातो टिका जमरा”  बोलको रहेको छ ।

बिशेष कुरा त यस गीतमा ५ बर्षिय बालिका बिसेष्ता पराजुलीको स्वर सुन्न सकिन्छ । उमेरको हिसाबले अझै बोलि समेत फुट्ने अवस्थामा नरहेको उनको स्वरले थप यस गीतलाई सुगन्ध थपेको छ । साथै “रातो टिका जमरा” बोलको गीतमा माधब पराजुली, अर्चना स्यांग्तान र बिश्वास पराजुलीको पनि स्वर यस गीतमा सुन्न सकिन्छ । गीतलाई लय जनक लामाले तयार गरेका हुन् भने शब्द छिरिङ्ग दोर्जे लामाले भरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा विशेषता पराजुली, माधब पराजुली र सिमरन थापाको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन ओम श्रेष्ठले गरेका हुन् भने छायांकन रबिन बजगाईं र सम्पादन राजेश कुमारले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया