काठमाडौं,

गीत/संगीतमा हरेक पटक फरक प्रयोग गर्न चाहाने गायक हुन्– हेमन्त शर्मा । आधुनिक गीत/संगीतमा लोकप्रिय गायक हेमन्त शर्माले यस पटक भने लोक दोहोरी गीत सार्वजनिक गरेका छन् । गायक शर्माले यसपटक लोकप्रिय लोकगायिका विष्णु माझीसँग गायनमा साझेदारी गरेका छन् ।

प्रेम भाव प्रस्तुत गरिएको गायक शर्माको उक्त गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । ‘बनमारा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । मरिष्का पोखरेल र पुष्प खड्का फिचर्ड भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।

नवराज उप्रेतीले खिचेको भिडियो विकास धमलाले सम्पादन गरेका छन् । गीत औपचारिक रुपमा सार्वजनिक हुनु अगावै लोकप्रिय भएको भन्दै गायक शर्माले पुरै गीत पनि दर्शक/स्रोताले मन पराउने विश्वास व्यक्त गरेका छन् । हेरौं बनमाराको म्यूजिक भिडियो :

तपाईको प्रतिक्रिया