प्रकाश अविरल , काठमान्डौँ ।
पछिल्लो समयमा निकै रुचाइएका ब्यस्त निर्देशक जस बहादुर याक्खाको फरक तरिकाको प्रस्तुतीमा नयाँ रयाप गीत “ मेरो देश नेपाल“गीत बजारमा आउने तयारीमा रहेको छ । निर्देशनमा निकै रुचाईका जस बहादुरको नयाँ गीत फरक तरिकाबाट आउने भएको छ । नेपालमा ब्यप्त विकृति एवम् विसंगतीलाई गीतमा प्रस्तुत गरिएको छ ।


आफनो गीत युवा पुस्तामा लोकप्रिय बन्नेमा आफु आशावादी रहेका छन । निर्देशन कर्मका साथै रयाप गीतलाई समेत आम दर्शक तथा स्रोताले मन पराउने कुरामा आफुलाई विश्वास लागेको उनले बताए ।


यस अगाडि उनले “हिड कान्छी “ “खोज्दा खोज्दै नभेटिएकी “ “मैले भुल गरे““ बुद्ध जन्मेको देश“ बाडुल्की लाग्यो ““यहाँ घाउ हरु “ “सम्झना भो गाउँ घरको “ “जहाँ जाउँ ““भरिया दाई “लगायतका सुपरहिट गीतमा निर्देशन गरेका छन ।

तपाईको प्रतिक्रिया