काठमाडौ । गायक रविन अधिकारीले ‘लडे झाडीमा बोलको गीत बजारमा लिएर आएका छन् । लोकप्रिय गायिका मिना निरौलाले स्वरमा साथ दिएकी छन् । पछिल्लो समय डान्सिङ गीतको चलन बढिहेका बेला गायक रविनले पनि यस्तै खाल्को गीत बजारमा लिएर आएका छन् ।

यस गीतलाई भोला अधिकारीले संगीत दिएका छन् भने गीत बासुदेव घिमिरेले लेखेका छन् । पत्रकार समेत रहेका भोला अधिकारी संगीत गीतकार बासुदेव घिमिरेले यस अगाडी ‘ म त परेको मान्छे ’ बोलको गीत बजारमा लिएका छन् ।

यस गीतको म्युजिक भिडियो काजी ,दिपक र सम्झनाले अभिनय गरेका छन् । रोशन दाहालको निर्देशन रहेको भिडियोलाई सविन भट्टराई कोरियोग्राफी गरेका छन् । पछिल्लो समय यस गीतले बजारमा राम्रै चर्चा पाइरहेको छ ।

तपाईको प्रतिक्रिया