काठमाण्डौ भाद्र २९ –  बिश्वकर्मा कलाकार नेपालको आयोजनामा बिश्वकर्मा बाबा पुजाको अवसर पारेर “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने भएको छ । हरेक जातजाती, ब्यवसायी तथा अन्य ब्यक्तीहरुले बिश्वकर्माको पुजा गर्ने गर्दछन् । त्यसैलाई मध्य नजर गर्दै बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना भएको कुरा बिश्वकर्मा कलाकार नेपालका अध्यक्ष कृष्ण आँशु बिश्वकर्माले जानकारी गराएका छन् ।

यस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा र कार्यक्रमा सबै उपस्थित भई प्रसाद ग्रहण गरिदिुहुन बिश्वकर्मा कलाकार नेपालका महासचिव सुजन बराईलीले अपिल गरेका छन् । यस कार्यक्रम असोज १ गते बुधबार ९ बजे सामाखुसी टाउनपलालिङ, काठमाडौंमा आयोजना हुने भएको छ । बिहान ९ बजे बिश्वकर्मा पुजा सकिए पश्चात मात्र साँस्कृतिक कार्यक्रम सुचारु हुने कुरा आयोजक पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया