राजु बोहरा–काठमाडौँ । स्वदेशमा युवास्वरोजगार सुव्यवस्था नहुँदा कयौं नेपालीहरु बिदेशिन बाध्य बनिरहेका छन् । यदि हाम्रै देशमा रोजगारीको टुङ्गो लाग्ने हो भने धेरै नेपालीहरुले आफ्नै देशमा खुन पसिना बगाउने थिए होलान्  ।यसरी बाध्यता र विवस्ताको कारण परदेशी भएपछी जिउँदो शरीर फर्किने हो कि होइन, आम नेपालीहरु माझ यो निकै त्रासको बिषय बन्ने गर्दछ । किन कि यहाँ कयौं नेपालीहरुको शरीर कफिनमा प्याक भएर आएका यथार्थ घटनाहरु पनि हामीले देख्दै आएका छौं ।

हो यस्तै पेरिफेरीमा एक गीत भर्खरै बजारमा आएको छ । बिजय दशमी तथा दिपावली नजिक आइरहंदा र यसै चाडको बिचको दिनमा दैलामा लास आइपुगेको अत्यन्त मर्मस्पर्सी भाव समाबेस गरिएको छ । उक्त गीत अशिम कुमार कटुवाल र बबिता बस्नेतको प्रस्तुतिमा बजारमा आएको हो । “दैलामा आयो लास” बोलको उक्त गीतलाई लय शब्द उनै बहुप्रतिभाका खानि अशिम कुमार कटुवालले भरेका हुन् भने स्वर अशिम कुमार कटुवाल र बबिता बस्नेतको सुन्न सकिन्छ ।

समाजमा घटेको यथार्थपरक घटनालाई दुरुस्तै बुनेर म्युजिक भिडियो मार्फत पनि प्रस्तुत गीतलाई बाहिर ल्याइएको छ । भिडियोमा कल्पना तामाङ्ग, निरज खड्का, हरि कार्की, टेकेन्द्र कार्की र अजय खड्काको जिबन्त अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन नारायण मगरले गरेका हुन् भने छायांकन रामेश्वर जिरेल र सम्पादन नारायण मगरले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया