असोज ३ गतेका दिन रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सो कार्यक्रममा गायक तथा सर्जक राम गगनको अध्यक्षता र बरिस्ठ गायक खड्ग गर्बुजाको प्रमुख आतिथ्यता रहेको थियो ।

यस गीतमा रिम रोका क्षत्री र राम गगनको स्वर रहेको छ भने राम गगनको शब्द, सङ्गीत रहेको छ । कार्यक्रमको संचालन गायक तथा हास्य कलाकार नीर आले मगरले गरेका थिए । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति”  रहेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । राम गगनको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, उत्तम कुमार कार्कीको सम्पादन, प्रबिण भट्टको रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा रिम रोका क्षेत्री, ध्रुब जिसि, सोनाम काउछा मगर, अनुप ईश्वर बिश्वकर्मा, बालदेभी रोका क्षेत्री लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस भिडियो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया