नेपालीहरुको महान पर्बहरु दशैँ , तिहार नजिकिएसंगै दशैँतिहार सम्बन्धि धेरै गीतहरु सार्वजनिक भैरहेका छन यसैमा गायक टिका मगरको चाड पर्ब बिशेष गीत ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक भएको छ शुक्रबार हाइलाइट्स नेपालबाट सार्वजनिक गीतमा उनका आफनै दाइहरु निर्मल मगरको शब्द र मोहन मगरको संगीत रहेको छ भने रोशन बान्तवाको संगीत संयोजन रहेको छ । गोपाल ,सागर ,रकी ,प्रविन लगायतका साथीहरुको अभिनयर हेको भिडियोलाइ निर्देशन मोहन मगरले नै गरेका हुन । दिपक गिरीको क्यामेरा र निशान एस के को सम्पादन रहेको भिडियोलाई एम आर क्रियशनले निर्माण गरेको हो ।

गायक मगरका अरु पनि गीतहरु रेकर्ड हुदै गरेको र अब केहि समय पछि अन्य गीतहरु भिडियो निर्माण गरिने गायकका दाई संगीतकार मोहन मगर जानकारी दिए ।

तपाईको प्रतिक्रिया