नेपाली पार्श्व गायनकी अत्यतै लोकप्रिय गायिका देविका बन्दनाको नयाँ गीत “आँखी झ्यालैमा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गायक राजेश मर्हजनको पनि स्वर रहेको छ। गीतमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ भने राजन इशानको एरेन्ज रहेको छ । भिडियोमा सागर लम्साल ‘बले’ , राशी क्षेत्री, र अढाई बर्षिया भाइरल बालिका साईलीन श्रेष्ठको नृत्य तथा अभिनय रहेको छ ।
टेकेन्द्र शाहको निर्देशन एबम सम्पादन रहेको भिडियोमा राजकुमार केसीको छायांकन, सन्तोष राजबाहकको कोरियोग्राफीमा रहेको छ । त्यस्तै उक्त गीतको भिडियोलाई निर्देशक टेकेन्द्र शाहले नैगरेका छन् । भिडियोलाई देविका बन्दनाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरीएको हो ।

तपाईको प्रतिक्रिया