आर पोखरेल, काठमान्डाँै । संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत “मनै साटिन्छ “ गीतको भिडियो बजारमा आएको छ । दिलिप सागरको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको दिलिप सागरले बताए । गीतमा श्री राईको स्वर रहेको छ । गीत लाई निकै आकर्षक रुपमा तयार पारिएको छ । गीतमा युवा युवती विचमा हुने प्रेमलाई निकै आकर्षक रुपमा समेटिएको छ ।
दिपक गिरीको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “मनै साटिन्छ “ गीतको भिडियोमा मरिष्का पोखरेल, निरन्जन प्रधानको अभिनय तथा नृत्य रहेको छ ।्
“मनै साटिन्छ “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया