एजेन्सी। पूर्व पोर्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पोर्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् ।

एडल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनले, ‘मलाई लाग्थ्यो म त्यति सुन्दर छैन । म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित रहने गर्थे । मलाई कसैले वास्ता गर्दैनथे । त्यसपछि मैले ग्र्याजुएसन गर्दै गर्दा तौल पनि घटाए । मलाई मेरो स्तन ठूलो भएको कारण निकै अप्ठ्यारो महसुस हुनेगथ्र्यो । त्यसपछि विस्तारै तौल घटेसँगै मानिसहरुले मप्रति चासो दिन सुरु गरे ।’

उनले अगाडि भनिन्, ‘ग्र्याजुएसन पूरा भएपछि जागिरको खोजीमा थिए । त्यसपछि मैले एउटा केटा भेटे उसले मसँग काम गर्न चाहेको इच्छा व्यक्त गर्यो तर उसले यो एडल्ट फिल्ड भएको पनि जानकारी दियो । उसले मलाई सुन्दर भएको भन्दै न्यूड मोडलिङ गर्न अफर गर्यो । म ऊसँग फ्लोरिन्डा गए । त्यहाँका सबै मानिसहरु एकदमै राम्रा र असल थिए । पहिलो पटक त्यहाँ जाँदा मैले काम गरिन दोस्रो पटक फिल्म गरे ।’

उनले पोर्न क्षेत्रमा आफुलाई पीडित नठान्ने पनि जिकिर गरिन् । उनले यो काम आफ्नै इच्छाले गरेको र यसमा कुनै पनि प्रकारको दबाब नआएको बताइन् ।

पहिलोपटक उनले हिजाब लगाएर पोर्न फिल्म बताएकी थिइन् । जुन निकै भाइरल भयो । उक्त भिडियोमा तीनजना व्यक्ति थिए । लगातार एडल्ट साइटमा भिडियो टपमा रहिरह्यो र करोडौँ भिजिटर बटुल्न सफल भयो । त्यसपछि उनी नम्बर एक पोर्न स्टार बनिन् ।

तपाईको प्रतिक्रिया