एउटा मान्छे हुबहु अर्कोजस्तो हुन सक्दैन । जुम्ल्याहाको समेत हुबहु अनुहार मिल्दैन । तर, भारतमा भने एक जना युवती यति बेला सामाजिक सञ्जालमा भाइरल छिन्, जसको अनुहार बलिउड अभिनेत्री कटरिना कैफसँग हुबहु मिलेको भन्दै चर्चा गरिएको छ ।
ती युवती हुन्- अलिना राय । उनको अनुहार कटरिनासँग मिल्दोजुल्दो देखिन्छ ।

कटरिनासँग अनुहार मिलेकै कारण यति बेला उनी सामाजिक सञ्जालमा भाइरल छिन् । इन्स्टाग्राममा उनका फलोअर्स बढ्दो क्रममा छन् । टिकटकमा समेत उनको उपस्थितिलाई लिएर चर्चा चुलिँदो छ । अलिनाको अनुहार मात्र होइन, कपालदेखि शरीरसम्म कटरिनाकै जस्तो देखिन्छ ।

अलिना बढी समय लण्डनमा बिताउँछिन् । सामाजिक सञ्जालमा अलिनाका प्रशंसकले उनलाई योङ कटरिनाको उपाधि पनि दिएका छन्, कारण कटरिनासँग उनको अनुहार मिल्नु । तर, उनी आफू भने कटरिनाजस्तो नदेखिएको दाबी गर्छिन् ।

तपाईको प्रतिक्रिया