दुर्गा पूजा र नवरात्रिका बेला बलिउड सेलिब्रेटीहरू पनि उत्सवको उमंगमा देखिएका छन् । चर्चित अभिनेत्री काजोललाई आमा तनुजा र बहिनी तनिशासँग दुर्गा पुजाका पंडालमा देखिएको छ ।

आलिया भट्ट, रानी मुखर्जी, रितिक रोशन र अयान मुखर्जी सोमबार काजोल र उनका परिवारसँगै दुर्गा पूजामा सहभागी भए । दुर्गा पुजामा पुगेका उनीहरुले तस्बिरका लागि पनि पोज दिए ।

परम्परागत पहिरनमा रहेका रानी, आलिया, काजोल र तनिशा प्रशन्न देखिएका छन् । रितिक रोशन भने साधरण पोशाकमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया