मुम्बइ। बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय अभिनयका अलावा रणवीर सिंहसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । यी दुईको सम्बन्धको हल्ला चले पनि अहिलेसम्म पुष्टि भएको छैन । यद्यपि दुवै अक्सर साथमा देखिन्छन् । यी दुईको फिल्म ब्रह्मास्त्र पनि आउँदैछ । आलियाको कसैसँग नाम जोडिएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनको धेरैसँग नाम जोडिएको छ ।

१. अली दादरकरः आलिया र अली बाल्यकालका साथी हुन् । बलिउडमा डेब्यूभन्दा पहिले यी दुईको प्रेम सम्बन्ध रहेको दावी गरिन्छ । आलियाको बलिउड डेब्यूपछि भने यी दुईको सम्बन्धमा दरार आयो ।

२. सिद्धार्थ मल्होत्राः फिल्म स्टुडेण्ट अफ द इयरबाट आलियाले बलिउड डेब्यू गरेकी थिइन् । टाइम्स अफ इण्डियाका अनुसार यो फिल्मपछि आलिया र सिद्धार्थबीच सम्बन्ध बढेको थियो । यही कारण आलिया र अलीको सम्बन्धमा दरार आएको थियो । पछि कपूर एण्ड सन्स फिल्म बन्दै गर्दा आलिया र सिद्धार्थको सम्बन्ध पनि चिसियो ।

३. कविन मित्तलः सिद्धार्थ मल्होत्रासँग ब्रेकअपपछि आलियाको नाम कविन मित्तलसँग जोडियो । यी दुई नजिकिएको बारेमा कैयौं खबर आए तर दुवैले यस विषयमा खुलेर प्रतिक्रिया दिएनन् । मिड डेको रिपोर्टअनुसार दुवैले आफ्नो करिअरमा ध्यान दिने फैसला गरेर छुट्टिएका थिए ।

४. वरुण धवनः यी सबैका अलावा आलियाको नाम वरुण धवनसँग पनि जोडियो । आलिया र वरुण कैयौं फिल्ममा साथमा काम गरेका छन् । यस्तोमा यी दुईको सम्बन्धको धेरै चर्चा चल्यो । यद्यपि यी खबरमा सत्यता थिएन किनकि वरुण नताशा दलालसँग प्रेममा थिए ।

५. अर्सलानः नेहा धुपियाको पडकास्ट शोका आलिया भट्टले खुलासा गरेकी थिइन् कि अर्सलान उनका ब्वाइफ्रेण्ड थिए । आलियाका अनुसार अर्सलान आलियाका पहिलो ब्वाइफ्रेण्ड थिए । उनी अलि बढि नै पजेसिभ थिए । उनी चाहन्थे कि आलियाले कुर्ता र जिन्स लगाउन् । अर्सलानले अहिले ग्राफिक डिजाइनिङ गर्ने आलियाले बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया