काठमाडौं । अभिनेत्री प्रियंका चोपडा र फरहान अख्तारको फिल्म ‘द स्काई इज पिंक’ रिलिजको तयारीमा छ । यो फिल्म ११ अक्टोवरबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मलाई लिएर निकै बज बनिरहेको छ । अभिनेत्री प्रियंकाले भारतमा मात्रै नभई अमेरिकामा पनि यो फिल्मको प्रोमोशन गरिरहेकी छन् ।

यो फिल्मको ट्रेलरले पनि शान्दार रेस्पोन्स पाएको छ । अब यो फिल्मले के–कति कमाउँछ भन्ने विषयमा गन्थन सुरु भइसकेको छ ।

फिल्मले पहिलो दिन कति कमाउला ?

सुपर सिनेमाका अनुसार ‘द स्काई इज पिंक’ले पहिलो दिन ३ देखि ३.५० करोडको कमाई गर्नसक्नेछ । त्यस्तै अर्को एजेन्सीका अनुसार यो फिल्मले पहिलो दिन ३.५० देखि ४.५० करोडसम्म बक्स अफिस कलेक्शन गर्नसक्नेछ ।

‘द स्काई इज पिंक’ बक्स अफिसमा सिंगल रिलिज हुनेछ । जसको कारण पनि फिल्मले राम्रो फाइदा लिनसक्ने बताइएको छ । तीन वर्षपछि यसै फिल्ममार्फत अभिनेत्री प्रियंकाले बलिउडमा कमब्याक गर्दैछन्, जसको कारण पनि प्रियंकाको लागि यो फिल्म विशेष हुनेछ ।

यो फिल्ममा प्रियंका र फरहानको साथमा जायरा वसिम र रोहित सराफ पनि मुख्य भूमिकामा छन् । फिल्मलाई सोनाली बाँसले निर्देशन गरेका हुन्, भने सिद्धार्थ राय कपुरले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया