नायक रणवीर सिं‌ह र नायिका दीपिका पादुकोणको जोडीलाई बलिउडको सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ । धेरैले उनीहरुलाई आइडल जोडीका रुपमा लिने गर्छन् । उनीहरुको प्रेम साच्चिकै गज्जब छ ।

लामो समयको प्रेमपछि उनीहरुले बिबाह गरिसकेका छन् । त्यसैले होला, धेरैको चासो उनीहरुको बच्चामा छ । हालै एक अन्तरवार्तामा नायिका दीपिकालाई बच्चाको विषयमा प्रश्न गरिएको छ । उक्त प्रश्नमा दीपिकाले अहिले नै कुनै योजना नभएको उत्तर दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘हाम्रो समाज नै यस्तै छ, बिहे नहुनजेल कहिले बिहे गर्ने भनेर सोधिरहन्छन् । अनि बिहे भएपछि बच्चा । हामीले अहिले नै बच्चाको विषयमा सोचेका छौनौँ । अहिले हामी करिअरमा बढी फोकस छौं । समय आएपछि बच्चाको विषयमा पनि सोच्ने छौँ ।’

दीपिकाले आफू र रणवीर दुबैलाई बच्चा निकै मन पर्नेसमेत बताएकी छिन् । उनले थपेकी छिन्, ’हामी दुबै जनालाई बच्चा निकै मन पर्छ । त्यसैले पनि बच्चा नपाउने भन्ने कुरै छैन । तर, समय भने लाग्छ ।’ अहिले नै बच्चा जन्माएर आफ्नो करिअर सकिने कुरामा निकै डराएकी छिन् दीपिका । उनको उत्तरले पनि यहीँ बताउँछ ।

तपाईको प्रतिक्रिया