बिराटनगरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको पाँचौ संस्करण आयोजना हुने भएको हो । बिराटनगरको जैन भवनमा कार्तिक ८ गते शुक्रबारको दिन हुने भएको छ ।
लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रममा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा दोश्रो भएका बिराटनगरका शृजय थपलिया र ब्यान्ड तथा नेपाल आईडल सिजन टु कि टप इलाभेन हिना मल्ल र बदमाश ब्यान्ड लगायतको प्रस्तुती रहनेछ ।

त्यस्तै कार्यक्रममा बिराटनगर कै ग्रिन लिफ ब्यान्डको साथमा विराटनगरका संगितकर्मीहरुको समेत प्रस्तुति रहने छ । कार्यक्रममा फुड ट्रक साथै अन्य बिभिन्न आकर्षण रहेको कार्यक्रम संयोजक सन्तोष महत ( स्यान्ट्रो ) जानकारी दिए । साथै कार्यक्रम हेर्नको लागी एक सय टिकटको लाग्ने जनाईएको छ । कार्यक्रमको होष्ट पुजन थापाले गर्ने भएकी छिन् ।

तपाईको प्रतिक्रिया