मुम्बई – भारतमा लोकप्रिय रियालिटी शो ‘इन्डियन आइडल’ शुरु भइसकेको छ । शोका कैयन् भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।

यसैबीच एक यस्तो भिडियो भाइरल भएको छ, उक्त भिडियोले नेपालमा भएको ‘नेपाल आइडल’ का प्रतियोगी नरेश पातलीलाई सम्झाएको नेपाली दर्शकले लेखेका छन् ।

यतिबेला भाइरल भइरहेको भिडियोमा एक प्रतियोगीले आफूले लगाएको शर्ट खोल्दै गीत गाउँछन् ।

उक्त भाइरल भिडियोमा ती प्रतियोगीले पहिले खाना अर्डर गरेर खान्छन् । शर्ट उतार्दै गीत गाउँछन् । त्यो देखेर नेहा कक्कडले मुख लुकाउँछिन् ।

जज समेत रहेका अन्नु मलिकले ती प्रतियोगीका लागि अर्डर गरेको खाना लिएर आउँछन् र खुवाउँछन् । फेरि ती प्रतियोगीले खीर पनि अर्डर गर्छन् ।

दर्शकले यो भिडियोलाई खुबै रमाइलोका साथ हेरेका छन् । ‘इन्डियन आइडल’ मा नेहा कक्कड, विशाल ददलानी र अन्नु मलिक निर्णायकको भूमिकामा छन् । यो शो ले भारतमा चर्चा कमाउने गर्छ ।

नेपालमा पनि ‘नेपाल आइडल’ शुरु भइसकेको छ । यो रियालिटी शो मा गायन प्रतियोगितासँगै रमाइलो पनि गर्ने गरिन्छ । नेपालमा आइडलमा भाग लिएर झक्कड थापा र नरेश पातली खुबै भाइरल भएका थिए । अझ नरेश पातलीले त गीतसमेत रेकर्ड गराएका थिए ।

तपाईको प्रतिक्रिया