काठमाडौं, २७ असोज । ‘किङ्ग अफ रोमान्स’को नामबाट समेत चर्चित बनेका बलिउड अभिनेता शाहरुख खान भारतमा मात्रै होइन, विदेशमा समेत लोकप्रिय छन् । पछिल्लो समय शाहरुख स्क्रिनमा देखा नपरेको भएपनि माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले नै राज गरेका छन् ।

शाहरुखलाई ट्विटरमा फलो गर्ने फ्यानको संख्या निकै धेरै छ । बलिउडका अन्य कलाकारभन्दा उनका फलोअर धेरै छन् । उनलाई ट्विटरमा फलो गर्नेको संख्या ३९ मिलियन पुगेको छ । योसँगै ट्विटरमा सबैभन्दा बढी फलो गरिने भारतीय कलाकार बन्न सफल भएका छन् । त्यस्तै खानलाई इन्टाग्राममा फलो गर्नेको संख्या १८.५ मिलियन छ ।

ट्विटरमा सबैभन्दा बढी फलो गरिने बलिउड कलाकार बनेपछि शाहरुखका फ्यानले उनलाई बधाइ समेत दिइरहेका छन् । ‘मेरा ट्विटर…मेरा बाबुको ट्विटर…किङ्ग खानले सही भनेका हुन्’, खानका एक फलोअरले लेखेका छन् ।

त्यस्तै शाहरुखका अर्का फलोअर लेख्छन्- ‘बधाइ…३९ मिलियन फलोअरसँगै नयाँ उचाइमा पुगेकोमा, सबैलाई सजिलै मौका मिल्दैन तर सफल व्यक्तिले आफ्ना लागि आफैंले अवसर सिर्जना गर्छन् ।’

अर्का ट्विटर युजरले शाहरुखको फोटो राखेर लेखेका छन्- ‘दुनियाँमा अहिले पनि राज गरिराख्नु भएको छ ।’ साथै ‘३९ मिलियन केबल फ्यान वा फलोअर्स मात्रै होइनन्… यो हाम्रा लागि एउटा परिवार समेत हो’ भनेर अर्का फ्यानले लेखेका छन् ।

अमिताभ बच्चन दोस्रो नम्बरमा

ट्विटरमा सबैभन्दा बढी गरिने भारतीय कलाकारको सूचीमा अमिताभ बच्चन छन् । बच्चनलाई ट्विटरमा ३८.८ मिलियनले फलो गरेका छन् । त्यस्तै तेस्रो नम्बरमा सलमान खान छन् ।

चुलबुल पाण्डेको नाममा रहेको सलमानको ट्विटर अकाउण्टका फलोअर्स ३८.३ मिलियन पुगेका छन् । यता ट्विटरमा अक्षक कुमारलाई ३२.३ मिलियनले फलो गरेका छन् ।

तपाईको प्रतिक्रिया