काठमाडौं। सुन्दरताको मापन गर्ने कुनै आधार हुँदैन । हरेक व्यक्तिको लागि सुन्दरताको मापन गर्ने तरिका फरक फरक हुन सक्छ । यति हुँदा हुँदै पनि धेरैजसो मानिसहरुले सुन्दरताको मापन केबाट गर्छन् भन्ने कुरालाई आधार बनाएर विज्ञानले सुन्दरताको एउटा मानक तयार गरेको छ र यसका अनुसार एक युवती छिन् जो संसारमै सबैभन्दा सुन्दर छिन् ।

यी युवतीको नाम बेला हदीद हो । ‘गोल्डेन रेसियो अफ ब्युटी फी स्टान्डर्स’का अनुसार पृथ्वीकी सबैभन्दा सुन्दर महिलाको निर्धारण गर्ने वैज्ञानिकहरुले भिक्टोरियाकी यी मोडललाई छनोट गरेका छन् । उनको सुन्दरता वैज्ञानिकले तयार गरेको मानकमा लगभग फिट हुन्छ । गोल्डेन रेसियोका अनुसार बेलीको अनुहारु ९४.३५ प्रतिशत सही छ । इन्टरनेटमा बेला आजभोली छाएकी छिन् । सामाजिक संजालमा उनका फोटोहरु शेयर भइरहेका छन् । बेला २३ वर्षकी छिन् । बेलाको इन्स्टाग्राममा २६ मिलियन भन्दा बढी फलोअर छन् ।

तपाईको प्रतिक्रिया