एजेन्सी । बलिउड अभिनेत्री करीना कपूरले अभिनेताको जति नै पारिश्रमिक आफूलाई पनि दिन माग गरेकी छिन् । करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा करिनाले यस्तो बताएकी हुन् ।

उनले फिल्ममा अभिनय गरेका अभिनेता र अभिनेत्रीलाई बढी र कम पारिश्रमिक दिनुभन्दा पनि बराबर दिनुपर्ने कुराको वकालत गरेकी छिन् । उनी थुप्रै फिल्मबाट बाहिरिएको कारण पनि कम पारिश्रमिक नै हो त भन्ने प्रश्नको जवाफमा भने उनले फरक–फरक फिल्मबाट बाहिरिनुको फरक–फरक कारण भएपनि फिल्ममा काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक मिल्नु खुशीको कुरा भएको उल्लेख गरिन् ।

करणले प्रश्न गरे, ‘यदि करीना र अक्षय दुवैलाई फिल्म ‘गुड न्यूज’ मा बराबर पारिश्रमिक दिइयो भने ?’ उनले जवाफ दिइन्, ‘यदि तपाईं मलाई अक्षयको जति नै पारिश्रमिक दिनुहुन्छ भने म यो मामी शो नै छोडेर भाग्छु ।’

तपाईको प्रतिक्रिया