काठमाडाैं । प्रियंका कार्कीले चलचित्र ‘लक्का जवान’को छायांकन सकेकी छिन् । प्रियंकाले काम गरिरहेका ब्यानरले यसपटक उनलाई पत्याएका छैनन् । हुनत, सधै एउटै ब्यानरमा काम गर्नुपर्छ भन्ने पनि छैन । प्रियंका अहिले आफैले निर्देशन गरिरहेको वेव सिरिजमा बढी समय दिइरहेकी छिन् । वेव सिरिजको प्रचारमा उनको सामाजिक संजाल भरिएका छन् ।

यो बर्षको असारमै प्रेमी आयुष्मान देशराजसँग बिहे गर्ने बताएपनि प्रियंकाले अहिलेलाई यो सेड्यूल पछि सारेकी छिन् । उनै, प्रियंका आफ्नो सबैभन्दा ठूलो हतियार नै आत्मविश्वास रहेको उल्लेख गर्छिन् । प्रियंका लेख्छिन्–‘जब एक पटक तपाई आफूमा आत्मविश्वास देखाउनु हुन्छ । यसपछि तपाई कुनै पनि कुरालाई पुरा गर्न सक्नुहुन्छ ।’

नायिका कार्कीको सामाजिक संजालमा हेर्ने हो भने उनले धेरैजसो कुरा आफ्नो आत्मविश्वासकै गरेको पाइन्छ । हुन पनि हो, करिअर सुरु गरेपछि नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक धेरै विवादमा फस्ने नायिकामा प्रियंका नै पर्छिन् । प्रियंकाको स्टारडम र क्रेज अहिले धेरै घटिसकेको छ । तर, उनको आत्मविश्वासले नै होला उनलाई अझै पनि बलियो रुपमा अगाडि बढाइरहेको छ । फोटो र समाचार अनलाइन खबरबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया