सारा नेपालीको महान चाड बडादशैंको यस वर्षको खुशियाली, उत्साह, उमंगले बिदाइ लिंदैछ अर्को वर्ष फेरि नयाँं स्वरुपमा भेट्ने विश्वास दिलाउँंदै । यसका साथै अर्को ठूलो चाड तिहारले नेपालीको मनमस्तिष्कको ढोका ढक्ढक्याइ सकेको छ । दशैंतिहारको आकर्षण र रौनक अब केवल नेपालमा सीमित रहेको छैन । वैदेशिक रोजगारका लागि विश्वको अधिकांश भूभागमा पुगेका नेपालीको ठूलो संख्याका कारण विगत कयौं वर्षदेखि यी चाड विदेशमा समेत धुमधाम पूर्वक मनाउने गरिन्छ । विभिन्न कारणवश आफ्ना परिवारसँंग भेट्न आउन नसकेकाहरुले यी चाडमा विदेशमै भेला भई एकआपसमा खुसियाली साटासाट गर्ने गर्दछन् । दशैंतिहारको स्वस्फूर्त हर्षोल्लासलाई उमेरको छेकबारले रोक्दैन, सबै रमाउँंछन् ।
केही समय यतादेखि यी चाडमा फजुलखर्चीमाथि बहस चलाउन थालिएको छ । आफ्नो क्षमताभन्दा बढी आर्थिक भार बोकेर केवल तडक–भडक प्रदर्शनका लागि गरिने खर्चबाट बच्न अर्थविद्, बुद्धिजीवी तथा राजनेतासमेतले सर्वसाधारणलाई सुझाव दिने गरेका छन् । चर्को ब्याजमा रकम लिएर जुवातासमा आफ्नो बहुमूल्य कमाइ स्वाहा पार्नेहरुको कमी छैन समाजमा । हालै प्रहरीले लगातार पक्राउ गरेका जुवाडेहरुको बहुसंख्याबाट यो यथार्थ छर्लङ हुन्छ । यस्तो प्रवृतिलाई चाडबाडका नाममा विकृतिकै रुपमा लिनु पर्दछ ।
आफ्ना आश्रित वृद्धवृद्धा एवं सन्तानलाई वर्षका केही दिन भए पनि सक्दो खुसी दिन खोज्नु अवश्य नै उत्तरदायित्वपूर्ण प्रशंसनीय कदम हो । तर आफ्नो आर्थिक क्षमता तथा भावी आयआर्जन को सीमालाई नाघेर ऋणकर्जामा आफूलाई डुबाई आवश्यकताभन्दा बढी खर्च गरी चाडबाडपछिका दिनमा सिंगो परिवारलाई आर्थिक संकटको दलदलीमा जाक्नु कुने दृष्टिकोणले उचित हुँंदैन । यस्ता प्रवृतिलाई हतोत्साहित पार्न बाहिरीभन्दा परिवारको आन्तरिक स्तरबाटै पहल हुनुपर्छ । परिवारका शिक्षित आधुनिक सोच भएका युवाले चाडपर्वका लागि हुने फजुलखर्ची रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । वर्षभरीका तनावबाट मुक्त भएर आफ्ना र परिवारका तन–मनलाई आनन्द एवं विश्राम दिन कुनै किसिमको कञ्जुस्याईं अवश्य नै गर्नु हुँंदैन । आखिर मानिस पैसा कमाउँंछ नै के का लागि ? तर आफ्नो क्षमतालाई ध्यानमा राखे भावी दिनहरुमा चाडपर्वका खुसियालीलाई मधुर सम्झना बनाउन सकिन्छ । अहिले व्यापारिक प्रतिस्पर्धाका कारण आफू अनुकूलको मूल्यमा लुगापोशाक, फेन्सी सामग्री, उपभोग्यवस्तु पाउन सक्ने बजार व्यवस्था छ ।
दशैंतिहार मनाउने मौलिक संस्कृतिका महत्वमा नकारात्मक असर पार्ने किसिमबाट विकृति बढ्दै जानु अर्को चिन्ताको विषय हो । पौराणिक महत्व बोकेका परम्परागत कतिपय वाद्य–वादनसहितका चाडपर्वमा गाइने लोकगायनमा बढ्दै गएको जथाभावी गीत–संगीतको अतिक्रमणले शिेषगरी तिहारको देउसीभैलोको मर्ममाथि नै प्रहार गर्ने गरेको छ । लोकनृत्य संगीतको स्थानमा उत्तेजक असान्दर्भिक हो–हल्ला बढी भएका उछृंखल नृत्यसंगीत प्रस्तुत गर्ने प्रतिस्पर्धालाई न्यून गर्न सकिएमात्र लोकसंस्कृतिको संरक्षण संवद्र्धन हुने तथा चाडपर्वको तात्विक मधुरताको अनुभूति हुनेतर्फ विशेषगरी युवाहरुको ध्यानाकर्षण हुनु जरुरी ।

तपाईको प्रतिक्रिया