काठमाडौं,कार्तिक ११ ।

तीन दिने नेपाल अफ्रिका चलचित्र महोत्सब हुने भएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गर्दै आएको छ । यसै क्रममा कात्तिकको तेस्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको हो ।

यो पटक यो महोत्सब तीन दिनसम्म आयोजना हुने महोत्सब अध्यक्ष एवम् कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी अध्यक्ष मञ्ज मिश्रले बताएकी छिन् ।

‘सांस्कृतिक संस्थान जमलको सहकार्यमा यो महोत्सब यसपटक यही १६ कार्तिक देखि १८ कार्तिकसम्म काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । यो महोत्सबका लागि नेपाल र अफ्रिकाबाट प्राप्त चलचित्रहरुबाट आबस्य चलचित्र चयन गरिसकिएको छ ।’ अहिले आफुहरु महोत्सबको तयारीमा जुटेको महोत्सब अध्यक्ष मिश्रले बताईन् ।

स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एशियाकै यो पहिलो फिल्म महोत्सब हो । आफ्रिकाका कतीपय विपन्न मुलुक नेपालको अबस्था उस्तै रहेको, जीवन शैली र फिल्म निर्माणको अबस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु गरिएको पनि अध्यक्ष मिश्रले बताईन् ।

मिश्रका अनुसार यस पटक नेपाल र अफ्रिका गरेर महोत्सबका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, बृत्तचित्र एवम् कार्टु फिल्म चयन गरिएको छ । जसमा नेपालबाट १३ ओटा सिनेमा रहेका छन् । बाँकी १२ ओटा सिनेमा अफ्रिकाका विभिन्न देशबाट रहेको पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।

यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी, नर्वे, जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सबमा नेपाल सहित १२ देशका फिल्महरु प्रदर्शन गरिने भएको छ ।

चलचित्र महोत्स निर्देशकको रुपमा यसपटक चलचित्रकर्मी एवम् सञ्चारकर्मी डब्बु क्षत्रीरहेका छन् । निर्देशक क्षत्रीका अनुसार महोत्सबको तीन दिन चलचित्र प्रदर्शन गरिने छ । १६ गते उद्घाटन पछि १८ कार्तिकमा महोत्सब समापन हुनेछ ।

१९ कार्तिकमा नेपाल आफ्रिका चलचित्र कार्यशाला पनि राखिएको निर्देशक क्षत्रीले जानकारी गराएका छन् । चलचित्र विकाश बोर्डको विशेष सहयोगमा आयोजना हुने यस महोत्सबमा प्रदर्शन हुने चलचित्रमा दर्शकलाई निःशुल्क प्रवेशको व्यबस्था मिलाएको पनि निर्देशक क्षत्रीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया