काठमाडौं – हिन्दी फिल्म ‘हाउसफूल ४’ ले मल्टिप्लेक्समा शो हाउसफूल बनाएपछि धेरै शो नपाएर रिलिजको दुई दिनअघि चलचित्र ‘घामड शेरे’ सरेपछि यसको प्रभाव अन्य नेपाली फिल्मलाई पनि परेको छ । ‘घामड शेरे’ कार्तिक २२ गते रिलिज हुने भएपछि सो मितिमा आउने भनिएको फिल्म ‘सरौतो’ एक हप्ता पछाडि सरेको थियो ।

‘घामड शेरे’ ले रिलिज मितिमा हेरेफेर गरेलगत्तै ‘सरौतो’ कार्तिक १३ गतेलाई रिलिज मिति तोकिएको थियो । यो मितिमा चलचित्र ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ रिलिज हुँदैछन् । फिल्म जुध्ने भएपछि ‘सरौतो’ ले रिलिज मिति अझै पछाडि लैजान सक्न देखिएको छ ।

स्रोतका अनुसार ‘सरौतो’ अब मंसिर १३ गते रिलिज हुनेछ । यदि यो फिल्म मंसिर १३ मा रिलिज भयो भने सो मितिमा रिलिज हुने भनिएका चलचित्र ‘प्रेम संसार’ पनि एक हप्ता पछि सर्नेछ । पहिले ‘प्रेम स‍ंसार’ मंसिर १३ मा रिलिज हुने भनिएको थियो ।

यता दयाहाङ राई स्टारर ‘दयारानी’ ले पनि रिलिज मितिमा हेरफेर गर्ने संकेत गरेको छ । पहिले यो फिल्म मंसिर ९ मा प्रदर्शनमा आउने भनिएको थियो ।

त्यसो त यसअघि यो फिल्म जेठ १० मा प्रदर्शन हुने निर्माण टिमले घोषणा गरेको थियो । पछि फेरि साउनमा रिलिज हुने भनिएको थियो । तर, फेरि पनि फिल्मको रिलिज मिति फागुन ९ लाई सारिएको थियो । आयोजकले अब भने यो फिल्म मंसिर २० गते नै प्रदर्शन गर्ने मनशाय बनाएको छ ।

तपाईको प्रतिक्रिया