ईस, कार्तिक १४, विराटनगर । प्रतिभाशाली युवा अभिनेता अनमोल केसीले जिप कम्पासलाई यात्राको साधनका रुपमा रोजेका छन् । लक्ष्मी पूजाका दिन आफ्ना बुबा तथा नेपाली चलचित्र जगतका वरिष्ठ अभिनेता सुपरस्टार भुवन केसीसँग आएका अनमोलले एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको हातबाट सेतो रंगको जिप कम्पास डेलिभरी लिएका हुन् ।

नेपालमा सार्वजनिक भएको एक वर्षमै जिप कम्पासले आफूलाई सबैभन्दा बढी खोजिएको र सबैभन्दा बढी रोजिएको ‘फोर–डोर, फाइभ–सिटर’का रुपमा स्थापित गर्न सफल भएको छ ।

अनमोल ले भने ‘खासमा जिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथीका रुपमा रोजेको हुँ । यो एसयुभी नेपाली सडकको अवस्थामा ‘फिट’ छ । म जिप कम्पासको कठोरता, क्षमता र ‘म्यान्ली अपियरेन्स’बाट निकै प्रभावित छु,’ गाडीको डेलिभरी लिँदै अनमोल केसीले भने, ‘सुटिङको लागि म धेरैजसो काठमाडौं उपत्यकाबाहिर यात्रा गरिरहेको हुन्छु । अब मेरा सबै गन्तव्यमा जिप मेरा साथमा हुनेछ । म जहाँ पनि गए पनि जिप कम्पासमै जानेछु ।’

‘ए मेरो हजुर ३’ को सुटिङको बेलादेखि नै अनमोललाई जिप कम्पास मन परेको थियो । यो चलचित्रमा कम्पासको सिन राखिएको थियो । ‘अब आफ्नै जिप कम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,’ उनले भने । गाडीको डेलिभरीसँगै जिप नेपालले अनमोल केसीको सम्मानमा उनकै चलचित्रको गीतमा ‘फ्ल्यास मोब’ डान्स गरिएको थियो । नेपालमा जिप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।

तपाईको प्रतिक्रिया