दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय नायिका गीताञ्जली रमाकृष्णको निधन भएको छ । ७२ वर्षीय गीताञ्जलीको हृदयघातका कारण निधन भएको हो ।
उनको मुटुमा समस्या देखिएपछि हैदरावाद अस्पताल पुर्‍याइएको थियो । उनको बिहीबार अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

उनले ५ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । हिन्दी तेलुगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी गीताञ्जलीले सन् १९६१ देखि फिल्मी करिअर शुरु गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया