मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योगधन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला । तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
विभिन्न अवसरले पछ्याउने छन् । हिम्मतले काम लिने समय छ । घरमा सुख समृद्धि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ । खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ ।

तपाईको प्रतिक्रिया