काठमाडौं, १७ कात्तिक । क्यानडामा रहेका नेपाली चलचित्रका नायक सुदर्शन गौतमले नायिका रेखा थापासँगको सम्बन्धबारे खुलासा गरेका छन् । उनले रेखालाई आफूले मन पराउने पनि बताए ।

क्यानडामै ऋषि धमलाले गौतमसँग विशेष कुराकानी गर्दै क्यानडामा रेखाबाहेक अरु नायिकासँग नजिकको सम्बन्ध नभ्एको समेत बताए । उनले रेखासँग अझै कुराकानी हुनेगरेको बताए ।

उनले नायिका रेखालाई मन पराएको स्वीकार गरे । रेखासँग विवाहको चर्चा चलेको थियो उनको । यसबारे सोध्दा भने, ‘मेरो लागि रेखासँग विवाह ‘सुर्तिजन्य पदार्थ स्वास्थ्यको हानिकारक छ’ भनेजस्तै हो ।

रेखाबाहेक अरु कुनै नायिकासँग निकट सम्बन्ध नरहेको बताए । उनले भने, ‘रेखाबाहेक कसैसँग निकटता छैन । म राख्न पनि चाहन्न, छँदापनि छैन ।’

दुवै हात गुमाएका सुदर्शन गौतमको नाममा यसै वर्ष रेड कर्नर नोटिश जारी गरिएको हो । अब उनलाई इन्टरपोल सदस्य देशमा पक्राउ गर्न सकिन्छ । उनीमाथि मानव तस्करीको अभियोग छ । दुवै हात नभएपनि उनले सगरमाथाको सफल आरोहरण गरेर किर्तिमान कायम गरेका थिए ।

तपाईको प्रतिक्रिया